काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार छलफल भएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि एमाले अध्यक्ष ओली र नेपालबीच दोस्रोपटक दोहोरो संवाद भएको हो । यसअघि नेपाल र ओलीबीच बोलचाल समेत बन्द थियो ।
काङ्ग्रेससँगको गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग सत्ता साझेदारी गर्न आएपछि नेपाल र ओलीबीच नयाँ ढंगले अगाडि बढ्ने छलफल भएको हो ।
दुई नेताको भेटमा पार्टी एकताका विषयमा समेत छलफल भएको स्रोतहरूले जनाएका छन् । यद्यपि, यस विषयमा दुवै नेताका तर्फबाट भने थप प्रष्ट हुन बाँकी छ ।


















