१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बेसहारालाई लायन्सको सहयोग



झापा-कनकाई माईमा बेसहारा भएका एक व्यक्तिलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले न्यानो लुगा र खानेकुरा दिएको छ । माईमा भेटिएका ती व्यक्तिलाई ब्लाङकेट, टोपी र खानेकुरा प्रदान गरिएको लायन्स क्लबका डिष्ट्रिक चिफ निरज ओलीले बताए ।

ती व्यक्तिको कोही पनि नरहेको ओलीले जानकारी दिए । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती लगायतले सहयोग प्रदान गरेका हुन् । लायन्स क्लब अफ बिर्तामोड लेडीले विभिन्न मानवीय सहयोग गर्दै आएको छ ।

पाँच दिनअघि सो संस्थाले कनकाई–४ स्थित पुकार अपाङ्ग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ००:००  ९ : २० बजे