७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

नेम्वाङको निधनपछि एमालेका सबै औपचारिक कार्यक्रम स्थगित



झापा–नेकपा एमालेले आजका लागि तय गरिएका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टी र जनसंगठनले आयोजना गरेका सबै प्रकारका कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि एमालेका सबै कार्यक्रम स्थगित भएका हुन् । एमाले झापाका कार्यालय सचिव छविलाल विश्वकर्माले जिल्ला तहमा आयोजना गरिएका सबै कार्यक्रम स्थगित गरिएको बताए ।

अनेम संघ लगायतका संगठनले तीजको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । ती सबै कार्यक्रम स्थगित गरिएको छ ।

गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजनकुमारी न्यौपानेले अखिल नेपाल महिला संघ गौरीगञ्ज १ र २ को तीज विशेष कार्यक्रम स्थगित गरिएको बताइन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ००:००  ८ : ३८ बजे

<