झापा- १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा दाङमा एक सुत्केरी आमा पक्राउ परेकी छन् । लमही ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरी पक्राउ परेकी हुन् ।-
बुधबार दिउँसो घरमा अरु कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले शिशुको घाँटी काटेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीले चौधरीलाई नियन्त्रणमा लिएको छ ।
घाइते शिशुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । शिशुकी आमा चौधरीमा केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या देखिएको स्थानीयले बताएका छन् ।