१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तीन जनालाई ‘वानीरा पुरस्कार’



काठमाडौँ-सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको सम्मृद्धिमा उल्लेख्य योगदान गरेबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसैगरी नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ । कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरु समर्पण हुनेछन् ।

वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा शुक्रवार बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ८ : ०२ बजे