झापा- इलामको रोङ गाउँपालिका ५ देवानछापका १४ वर्षीय आशिष सुनुवार एकसातादेखि वेपत्ता भएका छन् । उनी झापा जाने भनी हिँडेको तर घर नफर्किएको बुद्धशान्ति साप्ताहिकले आफ्नो फेसवुक पेजमा पोस्ट गरेको छ ।
स्थानीय विर्खबहादुर मुखियाका छोरा आशिष गडीगाउँ माविमा कक्षा ९ मा पढ्छन् । गहुँगोरो वर्णका आशिषले कालो ज्याकेट र पहेलो भेष्ट लगाएका छन् ।
परिवारजनले उनको खोजीका लागि सहयोग गरिदिन सावैजनिक रुपमा अपिल पनि गरेको छ ।