१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

इलामबाट चोरीका १४ मोटरसाइकल बरामद, चोरीमा संलग्न भएको अभियोगमा पाँच जना पक्राउ



इलाम-इलाम प्रहरीले चोरीका मोटरसाइकल बरामद गरेको छ । प्रहरीले पुस र माघमा चोरी भएका १४ वटा मोटरसाइकल र चोरीमा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरेको हो ।

प्रहरी चौकीमार्फत जाँच कडाइ गर्दै मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा पनि मोटरसाइकल चोरीका घटना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : ४५ बजे