५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

भारतले निर्यातमा कर लगाएपछि नेपाली बजारमा प्याजको मूल्य उच्च



बिर्तामोड-भारतले निर्यातमा ४० प्रतिशत कर लगाएपछि नेपाली बजारमा प्याजको भाउ बढेको छ । कतिपय बजारमा अभाव देखाउँदै व्यापारीले उच्च मूल्य लिएका छन् ।

बुधवार झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा प्याजको खुद्रा मूल्य ९० देखि १०० रुपैयाँ कायम भएको छ । भारतले थप कर लिन थालेपछि प्याजको मूल्य बढेको तरकारी व्यवसायी भूषण साहले बताए ।

तीनदिनअघि प्रतिकिलो ७० रुपैयाँमा प्याज बिक्री भइरहेको थियो । तर, भारतले अतिरिक्त कर लिन थालेको भन्दै व्यापारीले भाउ बढाएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल बताउँछन् ।

बिर्तामोडको कृषि थोक बजारमा दैनिक २५ टन प्याज भित्रिने गरेको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै व्यवसायीले प्याज भित्र्याउने गरेका छन् । भारतले बढाएको कर तिरेर प्याज आइरहेको व्यवसायी त्रिलोक साहले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ००:००  ७ : २८ बजे