७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झापामा डेंगु संक्रमणबाट पाँच जनाको मृत्यु



बिर्तामोड- झापामा डेंगु संक्रमणबाट ज्यान जानेको संख्या पाँच पुगेको छ । पछिल्लोपटक मेचीनगर नगरपालिका ६ काँकडभिट्टाका ३५ वर्षीय नन्दलाल गुरुङको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार साउन महिनामा तीन र भदौमा दुई जनाको मृत्यु भएको छ । झापामा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ९ : ०६ बजे