१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अर्जुनधारा जलेश्वरधामसम्म राप्रपाको धार्मिक पदयात्रा



शनिश्चरे- सनातन हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामसम्म धार्मिक पदयात्रा गरेको छ ‌।

श्रावणी पर्वको अन्तिम सोमबार पारेर राप्रपाले धार्मिक पदयात्राको आयोजना गरी नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने पक्षमा आवाज उठाएको हो ।

नेपाललाई हिन्दु राष्ट्र घोषणाको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले धार्मिक पदयात्रा आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोसी प्रदेशका अध्यक्ष राम थापाले बताए ।

शनिश्चरेको शिवालय मन्दिरबाट सुरु भएको पदयात्रा शनिश्चरे बजार हुँदै अर्जुनधारा जलेश्वरधाममा गएर टुंगिएको थियो ‌। पदयात्रामा सहभागी भएका सयौं राप्रपा नेता कार्यकर्ताले अर्जुनधारा जलेश्वरधाममा पुगेर जल चढाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ००:००  ९ : १६ बजे