१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काँकडभिट्टा नाकाबाट ब्राउन सुगरसहित चार जना पक्राउ



काँकडभिट्टा-प्रहरीले आइतबार राति लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वीनाका काँकडभिट्टाबाट दुई महिला र दुई पुरुष समातिएका हुन् ।

भारतबाट नेपाल आउँदै गर्दा ब्राउन सुगरसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङका डिकबहादुर कार्की र मधुमल्लाका कोशिश तामाङ रहेका छन् ।

कार्की र तामाङका साथमा ११ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको हो । त्यसैगरी प्रहरीले पुरानो मेचीपुलबाट दमक-२ का प्रवीण तामाङ र कलमा तामाङलाई पक्राउ गरेको छ ।

तामाङका साथमा नौ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर भेटिएको र उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  ७ : ५३ बजे