धरान-सुनसरीको धरानमा डेंगुको संक्रमण अनियन्त्रित भएको छ । बैशाखदेखि फैलिएको संक्रमण अनियन्त्रित बन्दै गएको हो । डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् ।
धरानमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । तर, तीन तहका सरकार डेंगु नियन्त्रणका लागि एकले अर्काको मुख ताकिरहेका छन् । प्रभावकारी नियन्त्रणका लागि कतैबाट पहल नहुँदा संक्रमण नियन्त्रण बाहिर गएको हो ।
कोसी प्रदेश सभाका सदस्य रमेश बस्नेत तीन तहका सरकार बीच समन्वय अभाव हुँदा धरानमा संक्रमण फैलिएको बताउँछन् । उनले धरानमा अविलम्व स्वास्थ्य संकटकाल घोषणा गर्न माग पनि गरेका छन् ।