१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पार्टी नेतृत्वको वेवास्ताका कारण नेता कार्यकर्ता एमालेमा फर्किन थाले : खनाल



बिर्तामोड- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको वेवास्ताका कारण नेता कार्यकर्ता एमालेमा फर्किन थालेको बताएका छन् ।

हिमालय टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले कतिपय नेता आफ्नो निहित स्वार्थले पनि एमालेमा गएको बताएका हुन् ।

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समयमा हल गर्न नसक्दा पार्टी छोड्ने क्रम बढेको नेता खनालले स्वीकार गरेका छन् ।

कतिपय राम्रा र वैचारिक नेता पार्टी नेतृत्वको व्यवहारका कारण विचलित भएर एमालेमा गएको नेता खनालको दावी छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ३ : ४१ बजे