१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

९ करोड रुपैयाँ लागतमा पोखराको ताल बाराही मन्दिर पुनःनिर्माण सुरु



झापा- पोखराको फेवातालको बीच भागमा रहेको ताल बाराही मन्दिर पुनःनिर्माण हुने भएको छ । । २०७२ सालको भूकम्पले बाराही मन्दिरमा क्षति पुगेको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐतिहासिक महत्वको यो मन्दिर पुरानै स्वरुपमा निर्माण गरिने बताए ।

पुरातत्व विभागको समन्वयमा कुल ९ करोड रुपैयाँ लागतमा आगामी दुई वर्षभित्र मन्दिरको पुनः निर्माण सम्पन्न गर्ने योजना छ । मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने जनाउँदै उनले रकमको चिन्ता नलिन आग्रह समेत गरे ।

मन्दिर व्यवस्थापन समितिले गत वर्षदेखि नै माइकिङ गरेर मन्दिर दर्शन गर्न आउने भक्तजनबाट सहयोग रकम संकलन गर्दै आएको छ । मन्दिर गुठी व्यस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले मास्टर प्लान अनुसार संरचना निर्माणमा ९ करोड खर्च हुने अनुमान रहेको बताए ।

प्यागोडा आकारको मन्दिर साढे १३ फिट चौडाइको हुनेछ । त्यहाँ मूल मन्दिरसहित गणेश मन्दिर, हवनकुण्ड बन्नेछन् । साथै अण्डरग्राउन्डमा सभा हल, बैठक कक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायत बन्ने छन् ।

आजभन्दा पाँच सय वर्ष अघि स्थापना भएको मानिने ताल वाराही पछिल्लो समय २०१४ सालमा निर्माण भएको हो । हाल मन्दिरसहित यसले ३ रोपनी ८ आना क्षेत्रफल ओगटेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  १२ : ११ बजे