झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
महासभाको ७८ औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ । प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता हुन लागेको हो । गत वर्ष परराष्ट्रसचिव भरतराज पौड्यालले सम्बोधन गरेका थिए ।