१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रोजगारीका लागि युरोपेली देश गए ४४ हजार नेपाली युवा



झापा-नेपालबाट गत आर्थिक वर्षमा ४४ हजार भन्दाबढी युवा रोजगारीका लागि युरोपली देशमा गएका छन् । श्रम गन्तव्य बनाइएका प्रमुख १० वटा युरोपेली देशमा नेपाली गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाइ र क्यानडा जान ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका छन् ।

नेपालीहरु धेरै रोजगारीमा जाने युरोपेली देशमध्ये रोमानियाको लागि १ हजार ७७३ महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ००:००  ९ : ३२ बजे