झापा-प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको सोमवार राति निधन भएको छ । पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको बेलुका ८ः१० बजे निधन भएको हो ।
जनकपुरधामस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए । उनी विगत १४ महिनादेखि बिरामी थिए ।
पत्रकार नेपालीलाई यसअघि भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आफ्नो जन्मदिन भन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो ।
मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेका थिए ।