फिदिम- ज्यान मार्ने उद्योगमा जिल्ला अदालत पाँचथरले दोषी ठहर गरेका तीन जना फरार प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । फालेलुङ गाँउपालिका–७ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
फालेलुङ गाँउपालिका–७ का २४ वर्षीय सुजन राई, २२ वर्षीय प्रकाश राई र २८ वर्षीय अनिल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए । अदालतले उनीहरुलाई दोषी ठहर गर्दै चार वर्ष ११ महिना १८ दिन जेल सजाय तोकेको थियो ।