१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि



पोखरा-आहारारा पोखरा गोल्डकपको उपाधि विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । २३ औँ संस्करणको उपाधि भीडन्तमा त्रिभुवन आर्मीले आफ्नो पक्षमा नतिजा हासिल गरेको हो ।

प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्री स्टार क्लबलाई ३-० गोल अन्तरले हराउँदै आर्मीले पहिलोपटक उपाधि जितेको छ । यसअघि चार पटकसम्म आर्मी फाइनल प्रतिस्पर्धामा थियो ।

पाँचौँ पटकको प्रयत्नमा उपाधि हासिल गरेको आर्मीले १२ लाख एक हजार र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको थ्री स्टारले ६ लाख एक हजारसहित ट्रफी पाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ००:००  ९ : ५८ बजे