१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कालिका सामुदायिक वन परिसरमा हात्ती मृत फेला



मेचीनगर-कालिका सामुदायिक वन परिसरभित्र एउटा जङ्गली हात्ती मृत फेला परेको छ । दुवै दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको हो ।

१२ वर्षमा ६८ जनाको मृत्यु 
झापा- झापामा मानव हात्ती द्वन्द बढ्दै जाँदा क्षतिका घटना पनि उत्तिकै बढेका छन् । जति मानवीय क्षतिका घटना हुँदै आएका छन्, त्यसको एक चौथाई अनुपातमा हात्ती मारिने क्रम पनि बढेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार २०६२ सालदेखि अहिलेसम्म २० वटा हात्ती मृत फेला परेका छन् । हात्तीको आक्रमणबाट २०६८ साल यता ६८ जनाको ज्यान गएको छ।

वन कार्यालयका प्रमुख मेघराज राईले मङ्गलबार बेलुका कालिका वन परिसरमा हात्ती मृत फेला परेको जानकारी दिए । स्थानीयले हात्ती मरेको फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएको हात्तीको छेउमा अर्को हात्ती पनि रहेका कारण प्रहरी र वन कार्यालयको टोली घटनास्थलमा पुग्न ढिला भएको थियो

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार ००:००  ९ : ११ बजे