६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

महेन्द्र ज्योतिका विद्यार्थीलाई जुत्ता र व्याग



बिर्तामोड– बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले जुत्ता र व्याग पाएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले १५० जना विद्यार्थीलाई जुत्ता वितरण गरेको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीले विद्यार्थीलाई ५० थान व्याग वितरण गरेको छ । खाली खुट्टा र चप्पलमा विद्यालय आउन बाध्य बालबालिकाहरु जुत्ता पाएपछि हर्षित भएका छन् ।

बिर्तामोडकी मेयर पवित्रा महतारा प्रसाई, डेपुटी मेयर नगेन्द्रप्रसाद संग्रौला, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नानीराज घिमिरे, एसोसिएसनका निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती लगायतले जुत्ता र व्याग वितरण गरेका छन् ।

बिर्तामोड लेडीकी अध्यक्ष ओलीले विपन्न वर्गका बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् ।बिर्तामोड–१० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । सहयोग हस्तान्तरण कार्यक्रमको समन्वय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ९ : २९ बजे