१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

जेठ पहिलो साता थपियो १२ अर्ब रुपैयाँ निक्षेप



झापा- वाणिज्य बैंकहरूमा जेठ महिनाको पहिलो साता १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । २१ वटा वाणिज्य बैंकमा निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएको हो ।

बैशाख मसान्तमा ४८ खर्ब ४० अर्ब निक्षेप थियो । जेठकाे पहिलो साता निक्षेप बढेर ४८ खर्ब ५२ अर्ब पुगेको छ ।

निक्षेप बढे पनि कर्जा लगानी भने घटेको बैंकहरूले जनाएका छन् । कर्जा लगानी दुई अर्बले घटेको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ७ : २९ बजे