१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

जुवा खालमा प्रहरीको छापा : गौरादहबाट १५ जुवाडे पक्राउ



दमक-झापाको गौरादहबाट शुक्रवार बिहान प्रहरीले १५ जना जुवाडेलाई समातेको छ । गौरादह–३ का युवराज खँड्काको घरमा छापा मारेर प्रहरीले ती जुवाडे पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमक र गौरादहको संयुक्त टोलीले बिहान ३ बजे खँड्काको घरमा छापा मारेको थियो । प्रहरीले पक्राउ परेका जुवाडेको नाम भने खुलाएको छैन् ।

जुवा खालबाट १६ थान कौडा, तीन बुङ तास र नगद एकलाख ३५ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकाहरुलाई गौरादह प्रहरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ७ : ४४ बजे