५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

श्रमिकको पारिश्रमिक अब १७ हजार ३००



झापा- श्रमिकले अव न्यनुतम् पारिश्रमिक वापत १७ हजार ३०० रुपैयाँ पाउने भएका छन् । १ साउनदेखि लागू हुने गरी सरकारले श्रमिकको पारिश्रमिक बढाउने निर्णय गरेको हो ।

श्रम ऐन २०७४ अनुसार श्रमिकको पारिश्रमिक बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो ।

तर चिया श्रमिकले भने यो पारिश्रमिक पाउने छैनन् । चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ००:००  ८ : ३६ बजे