१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डीआइजी ढकाललाई प्रहरी प्रवक्ताको जिम्मेवारी



बिर्तामोड-प्रहरी प्रधान कार्यालयले डिआइजी भीमप्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रधान कार्यालयले बुधबार ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

प्रवक्ताको जिम्मेवारी दिएसँगै प्रहरी प्रधान कार्यालयले उनको सम्पर्क नम्बर र इमेल ठेगाना समेत सार्वजनिक गरेको छ ।प्रवक्ता प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र spokesperson@nepalpolice.gov.np इमेल ठेगानामा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ढकाल यसअघि कर्णाली प्रदेश प्रहरीको प्रमुखका रुपमा कार्यरत थिए । प्रधान कार्यालयमा सरुवा भएर आएलगतै उनले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

त्यसअघि ढकालले काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको प्रमुख रहेर समेत काम गरेका थिए । झापामा रहँदा पनि उनले उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ८ : ४४ बजे