१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ठगी आरोपमा बिर्तामोडकी चौधरी पक्राउ



बिर्तामोड-वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–४ की २५ वर्षीया सुधा चौधरी रहेकी छन् ।

वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौंको सिनामंगलबाट भदौ २५ गते चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ००:००  ७ : ४२ बजे