५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

नगर अस्पताल सेवा प्रवाह मूल्याङ्कनमा उत्कृष्ट



बिर्तामोड-बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मूल्याङ्कनमा प्रथम भएको छ । आर्थिक वर्ष २०७९÷०८० को स्वास्थ्य तर्फको वार्षिक समिक्षा कार्यक्रम अन्तर्गत विभिन्न सूचाङ्क मूल्याङ्कनका आधारमा नगर अस्पताल प्रथम भएको हो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र तथ्याङ्क अधिकृत चुडामणि लुइटेल सहितको उपस्थितिमा शनिबार नगरपालिकामा आयोजित समिक्षात्मक कार्यक्रमबाट नगर अस्पताल प्रथम भएको मूल्याङ्कन गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीलाई कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी र स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले संयुक्तरुपमा प्रथम भएको प्रमाण पत्र प्रदान गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार ००:००  ८ : ०९ बजे