१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा धरानमा आठ जना घाइते



धरान- खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा धरानमा आठ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

‘धरान–१७ को आदर्श चोकस्थित सबिता राईको घरमा आगो लागेको हो । डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि आगो सकिल्कएके सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिएका छन् ।

घाइते हुनेमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई लगायत छन् । घाइतेमध्ये ६५ वर्षीया वृद्दा रामकुमारी राईको अवस्था सबैभन्दा गम्भीर छ ।

घाइते सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ००:००  ८ : १८ बजे