१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

‘गठबन्धनलाई असफल बनाउन प्रतिपक्षी सक्रिय’



बिर्तामोड-नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गठबन्धन दललाई असफल बनाउन प्रतिपक्षीहरु सक्रिय रहेको बताएका छन् ।

नेपाली कांग्रेस झापा जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लेखकले यस्तो धारणा राखेका हुन् ।

‘कोसी प्रदेशको राजनीतिले गठबन्धन असफल बनाउन प्रतिपक्षी दल सक्रिय रहेको भन्दै लेखकले त्यसप्रति गठबन्धन दल सचेत हुन जरुरी भएको बताए ।

सात दशकको अवधिमा पाँचवटा संविधान असफल हुनु राजनीतिक अस्थिरताको उदाहरण भएको लेखकको टिप्पणी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ७ : ३७ बजे