१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

खोटाङ बजारमा क्रान्तिका नायक रामप्रसाद राईको सालिक अनावरण




खोटाङ–२००७ सालको क्रान्तिका नायक रामप्रसाद राईको सालिक अनावरण गरिएको छ । खोटाङ बजारको टुँडिखेलमा एक वर्षअघि बनाइएको सालिक प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार अनावरण गरेका हुन् ।

करिब ७९ लाखको लागतमा विभिन्न संरचनासहित सालिक निर्माण गरिएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए ।

२००७ सालमा क्रान्तिको नेतृत्व गर्ने राईको सम्मानमा उक्त सालिक राखिएको हो । खोटाङ बजारलाई पर्यटन तथा विकासको केन्द्रविन्दु बनाउने उद्देश्यले सालिक राखिएको छ ।

सालिकसहितका विभिन्न संरचनाका लागि खोटेहाङ गाउँपालिकाको ४९ लाख र प्रदेश सरकारको ३० लाख रुपैयाँ खर्च भएको छ । उक्त ठाउँमा राईले रोपेको समीको रुख पनि छ ।

सन्तान वियोगमा राईले उक्त रुख रोपेको खोटाङ बजारस्थित दीनानाथ भगवती उच्च माविका पूर्व प्रअ ७९ वर्षीय माणिकलाल प्रधानले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार ००:००  ९ : ३१ बजे