१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने



काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका छोरा बुधबार अपरान्ह मात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिने भएको हो ।

नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिनेछ ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ००:००  ८ : २० बजे