५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

प्रहरीको सक्रियता : झापाको खयरडाँगीबाट ४५० किलो सुपारी बरामद



मेचीनगर- झापाको मेचीनगरबाट प्रहरीले ४५० किलो सुपारी बरामद गरेको छ । मेचीनगर १० खयरडाँगीका शेखर खँडकाको घरबाट प्रहरीले उक्त सुपारी बरामद गरेको हो ।

तर, घरधनी खँड्काले सुपारी आफ्नो नभएको बताउँदै जिम्मा लिन नमानेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । प्रहरीका अनुसार सुपारीको प्रचलित बजार मूल्य दुई लाख ७० हजार रुपैयाँ छ ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उक्त सुपारी बरामद गरेको हो । बरामद सुपारी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ००:००  ४ : १४ बजे