५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

प्यारागन एकाडेमीका प्रिन्सिपल सुवेदीकाे सवारी दुर्घटनामा मृत्यु



बिर्तामोड-झापाकाे सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रीन्सिपल डी आर सुवेदीकाे सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पत्रकार लीलाराज झापालीले जनाएका छन् ।

कनकाई–८ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ग १ च ३२४८ नम्वरको बोलेरो गाडी र विपरीत दिशाबाट जाँदै गरेको प्र१–०१–०१३प १४१७ नम्वरको मोटरसाइकल जुध्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुवेदी गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लगिए लगत्तै सुवेदीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनापछि प्रहरीले बोलेरो चालक पाँचथर हिलिहाङ–७ बस्ने बर्ष ३७ को होमप्रसाद सेञ्चुरीलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक यामकुमार खँडकाले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ००:००  ८ : १७ बजे