मेचीनगर-झापाको धुलावारीमा स्वास्थ्य भवन शिलान्यास गरिएको छ । आइतवार बिहान मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले भवनको शिलान्यास गरेका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्रको हाताभित्र भवन शिलान्यास गरिएको हो । अक्सिजन सप्लाईसहितको भवन शिलान्यास गरिएको नगर प्रमुख बुढाथोकीले बताए ।
भवन १६ शैयाको हुनेछ । भवन निर्माणपछि आकस्मिक सेवा सञ्चालन गर्ने जनाइएको छ ।