शिवसताक्षी- झापाको शिवसताक्षी–७ स्थित बालसेवा आधारभूत विद्यालयले स्कूल बस खरिदका लागि अभियान सुरु गरेको छ । भूतपूर्व विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा स्कूल बस खरिदका लागि अभियान सुरु गरेको हो ।
स्कूल बस खरिदका लागि विद्यालयका शिक्षकले एक महिनाको तलब प्रदान गरेका छन् । राम्रो काम आफैँबाट सुरु गर्नुपर्छ भन्ने उदाहरण पेश गर्दै शिक्षकले एक महिनाको तलब विद्यालयलाई दिएको प्रधानाध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार शिक्षकहरुबाट ४ लाख ४० हजार ८ सय १६ रुपैयाँ संकलन भएको छ । विद्यार्थीको सहजताका लागि मञ्चले गाडी खरिद गर्न सहयोग संकलन अभियान शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले बताउनु भयो ।