१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हिसान झापाको नयाँ नेतृत्व चयन



बिर्तामोड–उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान झापाको अध्यक्षमा टेकनाथ भण्डारी चयन भएका छन् । मोरङको लेटाङमा सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा खेम भण्डारी र उत्तम खनाल, सचिवमा देवेन्द्र हुमागाई र सह–सचिवमा भाष्कर निरौला चयन भएका छन् । सदस्यहरुमा सन्देश ओली, चन्द्र खनाल, सुरेन्दमूर्ति पन्न, जीवन शिवाकोटी, प्रमिला बजगाई, कपिल क्षेत्री र प्रकाश भण्डारी चयन भएका छन् ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल र वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार ००:००  ८ : २८ बजे