१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

थुनामा राख्ने आदेश बदरको माग गर्दै भुटानी नेता रिजाल उच्च अदालतमा



झापा– भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने खोजेको अभियोगमा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

असार १ मा काठमाडौँ जिल्ला अदालतले दिएको आदेश बदर हुनु पर्ने नेता रिजालको माग छ । आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने जिकिरसहित रिजालले सोमबार रिट दायर गरेका हुन् ।

रिजालको निवेदन दर्तासँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा सामान्य तारिखमा रिहाइको माग गर्ने अभियुक्तको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  ६ : ५२ बजे