१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बीएण्डसीका कार्यकारी निर्देशक प्रसाईद्वारा मोहनमायाको भवन उद्घाटन



बिर्तामोड-मोहनमाया माध्यमिक विद्यालयको नवनिर्मित भवन बिहीवार उद्घाटन गरिएको छ । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भवन उद्घाटन गरेका हुन् ।

तीन तलाको १२ कोठे उक्त भवन कार्यकारी निर्देशक प्रसाईले आफ्ना बाबु कृष्णप्रसाद प्रसाईंको स्मृतिमा निर्माण गरिदिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईं र बीएण्डसी अस्पतालकी अध्यक्ष इन्दिरा गिरीलाई अभिनन्दन पनि गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।

मोहनमाया माविमा हाल १ हजार ७ सय जना विद्यार्थी छन् । विद्यार्थीको चाप अनुसार भवन अभाव रहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ००:००  ७ : ४६ बजे