२ असार २०८२, सोमबार | Tue Jun 17 2025

सडक डिभिजनका हाकिमले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर



झापा-विशेष अदालतले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका दुईवटा मुद्दाको सुनुवाई गर्दै विशेष अदालतले यस्तो ठहर गरेको हो । आयोगले २०७६ फागुनमा चौधरीविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चौधरीलाई दोषी ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि १५ माघको पेशी तोकेको छ ।

तत्कालीन प्रमुख चौधरीले २ करोड ४४ लाख ९३ हजार भन्दाबढी गैरकानुनी तवरले आर्जन गरेको अदालतको ठहर छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ००:००  ८ : ५१ बजे