५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

सवारी नियम उलंघन गर्ने ४० हजार भन्दाबढी चालक कार्वाहीमा



चितवन-सवारी नियम उलंघन गर्ने ४० हजार भन्दाबढी चालक कार्वाहीमा परेका छन् । गत आर्थिक वर्षमा चितवन ट्राफिक प्रहरीले ती चालकमाथि कार्वाही गरेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ४० हजार छ सय ६४ सवारी साधनका चालकलाई कारबाही गरिएको बताए । सबैभन्दा बढी सात हजार ५३ जना ट्रिपर चालक कार्वाहीमा परेका छन् ।

सवारी नियम पालना नगर्ने चालकबाट चितवन ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा तीन करोड ४५ लाख रुपैयाँ भन्दाबढी राजस्व असुली गरेको छ । उनीहरुलाई जरिवाना गर्दा उक्त रकम संकलन भएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ७ : १२ बजे