झापा-दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा सर्वत्र चर्चा छ । आखिर उनी किन पक्राउ परेका हुन् त ?
भारतीय सञ्चार माध्यमका मदिरा नीति मुद्दामा केजरीवाललाई पक्राउ गरिएको हो । उनलाई छ दिन अर्थात् चैत १५ गतेसम्म हिरासतमा राखिने भएको छ ।
भारतको सर्वोच्च अदालतले ६ दिनको समय दिएको हाे । हिन्दुस्तान टाइम्सका अनुसार दिल्ली मदिरा नीति घोटालामा केजरीवाललाई पक्राउ गरिएको छ।
मुख्यमन्त्रीले मदिरा नीतिका सरोकारवालाहरूबाट घुस लिएको र उक्त पैसा गोवा चुनाव पन्जाबमा प्रयोग गरेको आरोप लगाइएको छ।
मधिरा बिक्री लाइसेन्समा भ्रष्टाचार गरेको आरोपमा बिहीबार निवासबाट उनलाई पक्राउ गरिएको थियो। उनलाई शुक्रबार अदालतमा पेश गरिएको हो।