१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुत्केरी अवस्थामा संसारबाट बिदा भइन् पत्रकार सीता शर्मा




झापा-नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे नवलपरासी शाखाकी पूर्व अध्यक्ष शर्माको निधन भएको हो ।

३२ वर्षीया शर्माले १० दिनअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रसव पीडाका बीच उनले संसारबाट बिदा लिएकी हुन् । पत्रकार शर्माको अकल्पनीय निधनप्रति क्रियाशील पत्रकार महिला समूहले गहिरो दुःख प्रकट गरेको छ ।

पत्रकार शर्माको १० दिनअघि काठमाडौँ मेडिकल कलेज केएमसीमा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि काठमाडौँबाट रामग्राम नगरपालिका १ परासीस्थित घरमा लगिएकी शर्माको स्वास्थ्य अवस्था मंगलवार दिउँसोदेखि अचानक बिग्रिएको थियो ।

मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ००:००  ८ : ३१ बजे