१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा आए एमाले अध्यक्ष केपी शर्मा ओली



झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवार अपरान्ह गृहजिल्ला झापा आएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली झापा आएका हुन् ।

झापा आए लगत्तै उनले गौरादहमा डोरामारी माध्यमिक विद्यालय एवम् प्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि सहभागी भएका छन् । एमाले अध्यक्ष ओलीले सोमवार झापाको झिलझिलेमा वाटर किङडम आदिवासी उत्थान महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार ००:००  १० : २५ बजे