१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु



विराटनगर- मोरङको पथरीशनिश्चरेमा सवारीसाधनको ठक्करबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ । यद्यपि, मृतकको पहिचान खुलेको छैन ।

ठक्कर दिने सवारी साधन पनि फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा नम्बर नखुलेको सवारीसाधनले साँझ ६.३० बजेतिर ठक्कर दिँदा अन्दाजी २०-२२ वर्षीय युवकको मृत्यु भएको हो ।

घटनाको प्रकृति हेर्दा युवक दुर्घटनामा परेजस्तो देखिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  १० : ०३ बजे