१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

हात्तीकाे आक्रमणबाट कमल गाउँपालिकामा महिलाको मृत्यु



दमक-झापाको कमल गाउँपालिकामा शुक्रबारराति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्वर-५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

सुतिरहेको अवस्थामा बारबेरा सहितको घर भत्काउन थालेपछि लिम्बु भागेकी थिइन् । भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर लिम्बुलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो । घटनामा उनका श्रीमान घाइते भएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ००:००  ७ : ०८ बजे