झापा-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पूर्वका तीनवटा जिल्लामा सहीदको स्मृतिमा भौतिक संरचना बनाउने भएको छ । पार्टीको मेची व्यूरोको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
५ भदौमा मेची व्यूरोको बैठक बसेको थियो । बैठकले पाँचथरमा सहीद प्रतिक्षालय बनाउने निर्णय गरेको छ । इलाम र झापामा सहीद स्मृति समाज घर निर्माण गर्ने निर्णय भएको मेची व्यूरो इञ्चार्ज सुमनसिंह ‘सी’ ले बताए ।
बैठकले त्रैमासिक म्यागेजिन प्रकाशित गर्ने र आफ्नो अनलाइन सञ्चारमाध्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।