१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

६ लाख ७० हजार किलो टमाटर भारत निकासी



बिर्तामोड-भारतले नेपाली उत्पादनमा लगाएको प्रतिवन्ध खुला भएपछि दुई सातामा नेपालका तीन भन्सार नाकाबाट छ लाख ७० हजार किलो टमाटर निर्यात भएको छ ।

व्यवसायीले बैध र अबैध दुवै बाटो भएर भारततर्फ टमाटर निकासी गरेका छन् । भन्सार अधिकारीहरु अवैध बाटोबाट यो भन्दा बढ्री परिमाणमा टमाटर भारत गएको अनुमान गर्छन् ।

साउन २१ मा भारतले नेपाली टमाटरको निकासी खुला गरेको थियो । त्यसयता काँकडभिट्टाबाट २५हजार किलो टमाटर भारत निकासी भएको छ । भैरहवा भन्सारबाट सात हजार किलो टमाटर भारत निर्यात भएको छ ।

सबै भन्दाबढी वीरगञ्जबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो टमाटर निर्यात भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ९ : ५७ बजे