१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

इलामको पशुपतिनगर नाका तीन दिनका लागि बन्द



इलाम-इलामको पशुपतिनगर नाका तीन दिनका लागि ‘सिल’ गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको निर्वाचनलाई लक्षित गरेर नाका बन्द गरिएको हो ।

दार्जीलिङमा पञ्चायत जनरल इलेक्सन हुन लागेकाले पशुपतिनगर नाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । दार्जिलिङमा जुलाई ८ तारिखमा उक्त निर्वाचन हुन लागेको हो ।

जुलाई ८ को बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ००:००  ८ : ०४ बजे