१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

मेयर र प्रमुख प्रशासकीय अधिकृत भागेको भन्दै नगरपालिकामा तालाबन्दी



रौतहट– रौतहटको कटहरिया नगरपालिकामा उपप्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका छन् ।

उपप्रमुख रितादेवी सहितका कार्यपालिका सदस्यहरूले सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाबाट विभिन्न शीर्षकमा भएको खर्चको कागजात सहित कार्यपालिका बैठक बस्ने तयारी भएको थियो । तर, मेयर र प्रमुख प्रशासकीय अधिकृत बैठकमा नआएपछि तालाबन्दी गरिएको हो ।

प्रमुख रितादेवीले नगरपालिकाले खरिद गरेको औषधि लगायतका सामानमा अनियमितता भएको आशंका गरिएको बताइन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार ००:००  ८ : १३ बजे