२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

झापामा लागूऔषधविरुद्ध प्रहरी अपरेसन : भारतीयसहित १३ जना पक्राउ



बिर्तामोड-लागूऔषध ब्राउन सुगर कारोबारका लागि सुरक्षित भनिएको झापामा प्रहरीले कारोबारी र प्रयोगकर्तामाथि धरपकड सुरु गरेको छ ।

प्रयोगकर्ताको जालो विस्तार हुँदै गएपछि त्यसविरुद्ध झापा प्रहरीले श्रृङ्खलाबद्ध अपरेसन सुरु गरेको हो । प्रहरी सक्रियता बढ्दा पछिल्लो चार दिनमा १३ जना समातिएका छन् ।

सीमा नाकामा गरिएको खानतलासी, तालिम प्राप्त कुकुरको प्रयोग र सूचना संयन्त्रको भरपर्दो परिचालनपछि चार दिनमा १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेमा चारजना भारतीय कारोबारी पनि छन् । भारतीय क्षेत्रबाट लागूऔषध ब्राउन सुगर सप्लाई हुने गरेको तथ्यका बीच प्रहरीले सीमा नाकामा कडाई गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो चार दिनमा २३८ दशमलव ६६ ग्राम ब्राउन सुगर बरामद भएको छ । वैशाख ९ देखि १२ गतेसम्म लागू औषधको ठूलो मात्रा बरामद भएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार ००:००  ९ : ३० बजे